You are viewing the translated version of रोक्का फुकुवा, सम्पत्ति वा साधन फिर्ता गर्ने.
Section 57
रोक्का फुकुवा, सम्पत्ति वा साधन फिर्ता गर्ने
(१) अनुसन्धानको सिलसिलामा कुनै व्यक्तिको सम्पत्ति, खाता, राहदानी वा निजको तर्फबाट दिइएको जेथा जमानी रोक्का राखेकोमा त्यस्तो व्यक्ति उपर मुद्दा नचलाउने निर्णय भएमा उजुरी परेको कार्यालयको प्रमुखले निर्णय भएको सात कार्यदिनभित्र त्यस्तो रोक्का फुकुवा गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिई लगत कट्टा गर्नु पर्नेछ।
(२) ऐन बमोजिम दायर भएको मुद्दामा अभियुक्तले अदालतबाट सफाइ पाएमा र त्यस्तो सफाइ. उपर पुनरावेदन नगर्ने निर्णय भएमा वा अदालतबाट त्यस्तो मुद्दाको अन्तिम किनारा भई निजले सफाइ पाएमा त्यस्तो व्यक्तिको रोक्का राखिएको खाता, राहदानी, सम्पत्ति, कारोबार सो मुद्दामा पुनरावेदन गर्ने म्याद समाप्त भएको वा मुद्दाको अन्तिम किनारा भएको मितिले सात कार्यदिनभित्र_ फुकुवा गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिई लगत कट्टा गर्नु पर्नेछ।